काठमाडौं महानगर: बालेनको मत १८ हजार नाघ्यो
काठमाडौं , जेठ ४ । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उमेदवार बालेन शाहले अग्रता कायम राखेका छन् ।
पछिल्लो अपडेट अनुसार बालेन शाहले १८ हजार १६ मत ल्याएर अग्रता बनाइरहेका छन् ।
बालेन एमालेका उम्मेदवार केशव स्थापितभन्दा ८६९७ मतले अगाडी रहेका छन् । केशव स्थापितले ९ हजार ३१९ मत पाएका छन् । त्यस्तै गठबन्धनबाट उम्मेदवार बनेकी कांग्रेसकी उमेदवार सिर्जना सिंहले ८ हजार ३७२ मत प्राप्त गरेकी छन् ।
त्यसैगरी उपमेयरमा भने नेकपा एमालेकी सुनिता डंगोलले १५ हजार ६७४ मत पाएकी छन् भने एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ५ हजार १५ र राप्रपाकी विनिता मगैयाले ३४४९ मत पाएकी छन् ।
काठमाडौँ महानगरको वडा नम्बर १, २, ३ र ५ को मतगणना सकिएको छ र चारै वडामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । अहिले वडा नम्बर ४, ६, २९, ३०, ३१ र ३२ को मतगणना भइरहेको छ ।















प्रतिक्रिया दिनुहोस्