अहिलेसम्म ४५४ पालिकाको अन्तिम परिणाम आयो, कसले कति जिते ?

काठमाडौं । गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको परिणाम आउने क्रम जारी छ । निर्वाचन आयोगका अनुसार हालसम्म ४५४ स्थानीय तहको अन्तिम नजिता आएको छ ।

सार्वजनिक नतिजा अनुसार हालसम्म सबैभन्दा बढी पालिकाको प्रमुख/अध्यक्ष नेपाली कांग्रेसले जितेको छ । कांग्रेसले अन्तिम नतिजा सार्वजनिक भएका ४५४ स्थानीय तहमध्ये २०७ पालिकाको प्रमुख/अध्यक्ष जितेको छ ।

कांग्रेसलाई नेकपा एमालेले पछ्याइरहेको छ । एमालेले हालसम्म १२७ पालिकाको प्रमुख/अध्यक्ष जितेको छ । नेकपा (माओवादी केन्द्र) ले ८९ पालिकाको प्रमुख/अध्यक्ष जितेको आयोगले जानकारी दिएको छ ।

हालसम्म जनता समाजवादी पार्टी नेपालले ८, नेकपा (एकीकृत समाजवादी) ले ४ र अन्यले २१ पालिका प्रमुख/अध्यक्षमा विजयी बनेका छन् ।

हाल भएको मतगणना अनुसार नेपाली काँग्रेस ९४ पालिका प्रमुख/अध्यक्ष मा अगाडी छ भने एमाले ६९ पालिकामा अगाडी रहेको छ ।

त्यस्तै माओवादी केन्द्र २३ पालिकामा अगाडी छ भने एकीकृत समाजवादी ९, स्वतन्त्र ५ र अन्य ४० पालिकामा अगाडी रहेका छन् ।

यस्तै हालसम्म अन्तिम नजिजा आएका १९९ पालिकाको उपप्रमुख/उपाध्यक्ष कांग्रेसले जितेको निर्वाचन आयोगले जनाएको छ ।

त्यस्तै एमालेले १३८ पालिकाको उपप्रमुख/उपाध्यक्ष जितेको छ भने माओवादी केन्द्रले ९८ उपप्रमुख/उपाध्यक्ष जितेको छ । त्यसैगरी एकीकृत समाजवादीले १३ र अन्यले १४ उपप्रमुख/उपाध्यक्ष जितेका छन् ।

प्रतिक्रिया दिनुहोस्