पर्सामा २१ वर्षे युवा बने गाउँपालिका अध्यक्ष , ६२ वर्षिया महिला उपाध्यक्ष

काठमाडौं, जेठ ४ । पर्सामा २१ वर्षे युवा गाउँपालिका अध्यक्ष बनेका छन् । पर्साको कालिकामाई गाउँपालिकामा राष्ट्रिय जनता पार्टी ( जसपा) उम्मेदवार बशिष्ट कुमार अध्यक्षमा निर्वाचित भएका हुन् ।

उनले निकटतम् प्रतिद्वन्द्वी नेपाली काँग्रेसका आफूभन्दा दोब्बर उमेरका ४२ वर्षीय अजयकुमारलाई १०८ मत अन्तरले पराजित गरेका हुन् । बशिष्टले ३ हजार ७१९ मत ल्याउँदा अजयकुमारले ३ हजार ६०५ मत ल्याए ।

उपाध्यक्षमा काँग्रेसकी ६२ वर्षिया राजमति बैरनी निर्वाचित भएकी छन् । उनले जसपाकी सहनी खातुनलाई पराजित गरेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्