काठमाडौं महानगरमा बालेनको अग्रता कायमै, यस्तो छ पछिल्लो मतपरिणाम

काठमाडौं , जेठ ४ । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन)ले नेकपा एमालेका उम्मेदवार केशव स्थापितभन्दा ८ हजार भन्दा बढी मत अन्तरले अग्रता लिएका छन् ।

४३ हजार ६४८ मतगणना गर्दा बालेन्द्रले १७ हजार ३१ मत पाएका छन् । नेकपा एमालेका उम्मेदवार स्थापितले ८ हजार ८७६ मत पाएका छन् । उनीहरुबीचको मत अन्तर ८ हजार १ सय १५ छ ।

तेस्रो स्थानमा रहेकी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ७ हजार ९४१ मत पाएकी छन् । सिर्जना सिंह एमालेका केशव स्थापितभन्दा ९३५ मतले र बालेन शाहभन्दा ९ हजार ९० मतले पछाडि छिन् ।

प्रतिक्रिया दिनुहोस्