भरतपुरमा रेनुको अग्रता बढ्यो, विजयभन्दा १८५२ मतले अगाडी

काठमाडौं, जेठ ४ । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा गठबन्धनबाट उम्मेदवार बनेकी माओवादी केन्द्रकी रेनु दाहालले लगातार अग्रता बढाएकी छन् ।

पछिल्लो अपडेट अनुसार अहिलेसम्म २८ हजार ६४३ मत गणना गर्दा रेनु दाहालले १८५२ मतको अग्रता बनाएकी छन् । रेनुले १०४४९ मत पाएकी छन् भने एमालेबाट उम्मेदवार बनेका विजयी सुबेदीले ८५९७ मत पाएका छन् ।

त्यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ४६९६ मत ल्याएका छन् ।

यसैगरी उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले १२४९६ मत ल्याएर अगाडी छन् भने राप्रपाकी हिमला गुरुङले ६९९२ मत ल्याएकी छन् ।

अहिलेसम्म ६ वडाको मत गणना सकिदा नेपाली काँग्रेसले ५ वडामा जित हासिल गरेको छ भने नेकपा एमालेले एक वडामा जितेको छ । काँग्रेसले वडा नम्बर १,२, ४, ५ र ६ जितेको छ भने एमालेले वडा नम्बर ३ मा जितेको छ ।

अहिले यस महानगरको वडा नम्बर ७ को मतगणना भइरहेको निर्वाचन कार्यालयले जनाएको छ । यो वडा स्वतन्त्र उम्मेदवार पौडेलको वडा हो ।

प्रतिक्रिया दिनुहोस्