ललितपुरमा चिरीबाबुको फराकिलो मतान्तरसहित अग्रता

काठमाडौं, जेठ ४। ललितपुर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका चिरीबाबु महर्जनले फराकिलो मतान्तरसहित अग्रता बनाइरहँदा उपमेयरमा सत्ता गठबन्धनका उम्मेदवार भारी मतले पछि परेका छन् ।

अहिलेसम्म २३ हजार ५६२ मतगणना हुँदा मेयरमा चिरिबावुले १२ हजार ८५८ मत पाएका छन् भने एमालेका हरिकृष्ण व्यञ्जनकारले ६,४४० मत मात्रै पाएका छन् । मेयरमा राप्रपाका अष्टबहादुर महर्जनले १,५५ मत पाएका छन् ।

उपमेयरमा एमालेकी मञ्जली शाक्य बज्राचार्य ६,७७७ मतसहित अग्रता लिइरहेकी छन् । सत्ता गठबन्धनबाट लडेका माओवादी केन्द्रका बावुराज बज्राचार्यले ५ हजार ३९ मत पाएका छन् ।

उम्मेदवार नरहेको रुख चिह्नमा ३,५०९ मत खसेको छ । अहिलेसम्म वडा नम्बर १,२,३,४,५,६,७,८ को मतगणना सकिएको छ । वडा नम्बर ९, १०, ११ र १२ मा मतगणना भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्