काठमाडौं महानगरमा बालेनको अग्रता कायमै, झण्डै ६ हजार मतले अगाडि
काठमाडौं, जेठ ३ । काठमाडौं महानगरमा झण्डै ६ हजार मतले स्वतन्त्र उम्मेदवार बलेन्द्र साह (बालेन)ले अग्रता कायम गरेका छन्।
राष्ट्रिय सभागृहमा जारी मतगणनाको पछिल्लो नतिजाअनुसार उनले ११ हजार ७७७ मत प्राप्त गरेका छन्।
उनका निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले)का केशब स्थापितले ६ हजार ३२३ मत ल्याएका छन् भने नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ५ हजार ५४८ मत प्राप्त गरेकी छन्। हाल महानगरपालिकाको ३, ४, ५, ६, ३० र ३२ को मतगणना भइरहेको छ।















प्रतिक्रिया दिनुहोस्