भरतपुरमा गठबन्धनले बढायो अग्रता, यस्तो छ पछिल्लो मतपरिणाम
काठमाडौं, जेठ ३ । चितवनको भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनले मतान्तर बढाउँदै लगेको छ।
२० हजार ८८ मत गणना हुँदा गठबन्धनकी साझा उम्मेदवार रेनु दाहालको मतान्तर ३४६ पुगेको छ।
उनले ६ हजार ७९४ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी विजय सुवेदीले ६ हजार ५४८ मत पाएका छन्। महानगर प्रमुखका लागि स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेल ३ हजार ३०९ मतसहित तेस्रो स्थानमा छन्।
उपप्रमुखतर्फ भने गठबन्धनका साझा उम्मेदवारले मतान्तर फराकिलो बनाएका छन्। गठबन्धन र एमालेका उम्मेदवारबीचको मतान्तर झण्डै चार हजार मत छ।
गठबन्धनका उम्मेदवार चित्रसेन अधिकारीले ९ हजार २४८ मत र उनका निकटतम् प्रतिद्वन्द्वी हिमला गुरुङले ५ हजार ३८८ मत पाएका छन्।
वडा नम्बर ५ को गणना जारी रहँदा वडाध्यक्षमा गठबन्धनका लागि नेपाली कांग्रेसका उम्मेदवारले १ हजार २७५ र एमालेका उम्मेदवारले १ हजार १९४ मत ल्याएका छन्।















प्रतिक्रिया दिनुहोस्