धनगढी उपमहानगर : स्वतन्त्र उम्मेदवार हमाल झण्डै ४ हजार मतले अगाडि
काठमाडौं, जेठ ३ । कैलालीको धनगढी उपमहानगरपालिकामा अहिलेसम्म १७ हजार १५९ मतपत्र गणना सकिएको छ।
यसमध्ये उपमहानगरपालिकाको प्रमुखका लागि स्वतन्त्र उम्मेदवारी दिएका गोपाल हमालले ७ हजार ८१६ मत प्राप्त गरेका छन्।
उनलाई नेपाली कांग्रेसका उम्मेदवार नृपबहादुर वड ३ हजार ८७१ मतका साथ पछ्याइरहेका छन्। कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका वड उपमहानगरपालिकाका निवर्तमान प्रमुख पनि हुन्।
धनगढीमा नेकपा एमालेका उम्मेदवार रणबहादुर चन्द १ हजार ९२१ मतका साथ तेस्रो स्थानमा छन्।
उपमहानगरपालिका उपप्रमुखमा नेकपा माओवादी केन्द्रका उम्मेदवार शान्ति अधिकारी ३ हजार ४१६ मतसहित पहिलो स्थामा छन्।
उनलाई एमाले उम्मेदवार कन्दकला राना ३ हजार ३०७ मतका साथ पछ्याइरहेकी छन्। उपप्रमुखका स्वतन्त्र प्रभाकर भण्डारीले १ हजार ९०० मत प्राप्त गरेका छन्।















प्रतिक्रिया दिनुहोस्