बालेन शाहको मत ११ हजार पुग्यो, केशव स्थापित ५ हजार ५७ मतले पछि
काठमाडौं, जेठ ३ । काठमाण्डौ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले फराकिलो अग्रतालाई कायमै राख्नुभएको छ ।
अहिलेसम्म २८ हजार ७ सय मत गन्दा शाहले ११ हजार १३ मतसहित अग्रता लिइरहनुभएको हो । उहाँकाा प्रतिस्पर्धी नेकपा एमालेका केशव स्थापित ५ हजार ५७ मतले पछि हुनुहुन्छ । स्थापितले ५ हजार ९ सय ५६ मत प्राप्त गर्नुभएको छ ।
मेयरमै गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी सिर्जना सिंहले ५ हजार २ सय ११ मत प्राप्त गर्नुभएको छ । राप्रपाका उम्मेदवार मदनदास श्रेष्ठले ९ सय ७८ मत प्राप्त गर्नुभएको छ ।
यस्तै उपमेयरमा नेकपा एमालेकी सुनिता डंगोलले पनि फराकिलो अग्रतालाई कायमै राख्नुभएको छ ।
डंगोलले ११ हजार ३३ मतसहित अग्रता लिइरहनुभएको छ । गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ३ हजार २ सय २८ मत प्राप्त गर्नुभएको छ ।















प्रतिक्रिया दिनुहोस्