प्रतिनिधि सभाको बैठक मंगलबार बस्दै, यस्तो छ सम्भावित कार्यसूची
काठमाडौँ , जेठ २ । मंगलबारदेखि शुरु हुने प्रतिनिधि सभाको बजेट अधिवेशनको पहिलो दिनको सम्भावित कार्यसूची सार्बजनिक भएको छ ।
संधीय संसद सचिवालयले सार्बजनिक गरेको कार्यसूचीमा राष्ट्रपतिको पत्र पढेर सुनाउने, सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्य मनोनयन गर्ने, विभिन्न अध्यादेश पेश गर्ने र बिनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफलको कार्यसूची रहेको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अघिल्लो अधिवेशनमा लगातार नाराबाजी गरेकोमा यस अधिवेशनमा के गर्छ भन्ने स्पष्ट भएको छैन ।















प्रतिक्रिया दिनुहोस्