मत परिणाम आउने क्रम जारी: कांग्रेस ५४ र एमाले ४१ पालिकामा विजयी
काठमाडौं, जेठ २ । स्थानीय तहको नेतृत्व चयनका लागि भएको मतदानमा अहिले मत परिणाम आउने क्रम जारी छ ।
अहिलेसम्म निर्वाचन आयोगले घोषणा गरेका स्थानीय तहमध्ये नेपाली कांग्रेसले ५४ स्थानमा विजयी हासिल गरेको छ भने नेकपा एमालेले ४१ पालिकामा प्रमुख तथा अध्यक्षमा विजयी हासिल गरेको छ ।
कांग्रेसले २१६ स्थानमा अग्रता हासिल गरेको निर्वाचन आयोगले जनाएको छ । नेकपा एमालेले १२१ स्थानमा अग्रता हासिल गरेको छ ।
नेकपा माओवादी केन्द्रले २६ प्रमुख पदमा विजय हासिल गरेको छ भने ७३ स्थानमा अग्रता कायम गरेको छ ।















प्रतिक्रिया दिनुहोस्