७६ पालिकाको परिणाम सार्वजनिक, कुन पार्टीले कति जिते ?
काठमाडौँ, जेठ २ । स्थानीय तह सदस्य निर्वाचनअन्तर्गत ७६ पालिकाको मत परिणाम सार्वजनिक भएको छ । अहिलेसम्म नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले पालिका अध्यक्ष जितेका छन् ।
पछिल्लो विवरणअनुसार एमाले २८, कांग्रेस २५, माओवादी केन्द्रले २१ र नेकपा एकीकृत समाजवादीले २ स्थानीय तहमा प्रमुख पद जितेका छन् । उपप्रमुखमा सबभन्दा बढी कांग्रेसले ३६, एमाले २१, माओवादी १३, एकीकृत समाजवादी ४, जनता समाजवादी पार्टी १ र स्वतन्त्र १ जितेका छन् ।
मतगणना जारी रहेको स्थानमध्ये प्रमुखतर्फ कांग्रेसले अगाडि छ भने एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादी क्रमशः दोस्रो, तेस्रो र चौथो स्थानमा छन् । जसपा २८, लोकतान्त्रिक समाजवादी पार्टीले ११ स्थानमा अग्रता लिइरहेका छन् ।















प्रतिक्रिया दिनुहोस्