बुटवलमा कांग्रेसको अग्रता, एमालेका भट्टराई हजार भन्दा बढी मतले पछाडि

काठमाडौं, जेठ १ । बुटवल उपमहानगरपालिकामा नेपाली कांग्रेसले अग्रता कायम राखेको छ। मत गणनाको पछिल्लो विवरण अनुसार यहाँ प्रमुख पदमा कांग्रेसका खेलराज पाण्डे एमालेका उम्मेदवार बाबुराम भट्टराई भन्दा १ हजार ९७ मतले अगाडि छन्।

बुटवलका निर्वाचन अधिकृत लेखनाथ पौडेलका अनुसार पाण्डेले २ हजार ९ सय ४८ मत प्राप्त गर्दा एमालेका भट्टराईले १ हजार ८ सय ५१ मत प्रापत गरेका छन्।
राप्रपाका उम्मेदवार मृगेन्द्र शेरचनले ८ सय ७८ मत प्राप्त गरेका छन्। त्यस्तै उपप्रमुखमा एमाले उम्मेदवार सावित्रादेवी अर्यालले २ हजार १ सय ३१ मत प्राप्त गर्दा नेकपा एकीकृत समाजवादीका चिनवहादुर गुरुङले १ हजार ७ सय ६६ मत प्राप्त गरेका छन्।

राप्रपा उम्मेदवार भगवती पाण्डेले १ हजार ४८ मत प्राप्त गरेकी छिन्। बुटवलमा वडा नम्वर १ र २ को गणना सम्पन्न भएको छ। वडा नम्वर १९ र ३ को मत गणना अहिले जारी रहेको छ।

बुटवल उपमहानगरपालिकामा सत्ता गठबन्धनका बिच प्रमुख र उपप्रमुखमा तालमेल रहेको छ। त्यस्तै एमाले र जनमुक्ति पार्टीका बिच तालमेल रहेको छ।

प्रतिक्रिया दिनुहोस्