फेरि थुप्रियो काठमाडौंमा फोहोर , कसैले दिएन ध्यान, सबै मत परिणामतिर केन्द्रित
काठमाडौं, जेठ १ । काठमाडौंमा फेरि फोहोर थुप्रिन थालेको छ । काठमाडौं महानगरभित्रका विभिन्न सहर तथा गल्लीहरूमा हप्ता दिनभन्दा बढी समयदेखि फोहोर उठ्न सकेको छैन ।
फोहोर नउठाउँदा चोकचोकमा फोहोरको डंगुर थुप्रिएर दुर्गन्धित बनेको छ । सबैको ध्यान स्थानीय तह निर्वाचनको मत परिणामतिर केन्द्रित भइरहँदा काठमाडौंमा फोहोर उठाउनेतर्फ भने कसैले ध्यान नदिएको हो कि भन्ने आभास हुन थालेको सर्वसाधारण बताउँछन् ।
कहिले सिलडोलवासीको आन्दोलन त कहिले के कारणले गर्दा विभिन्न समयमा काठमाडौंमा हप्तौँसम्म फोहोर नउठ्ने गरेको छ ।















प्रतिक्रिया दिनुहोस्