धनगढीमा अग्रता बढाउँदै स्वतन्त्र उम्मेदवार हमाल, यस्तो छ पछिल्लो मतपरिणाम

काठमाडौं, जेठ १ । सुदूरपश्चिमको एकमात्रै उपमहानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार गोपाल हमालले अग्रता बढाउँदै लगेका छन्।

३१५३ मतगणना हुँदा हमालले १ हजार ४७२ मत पाएका छन्। उनलाई गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार नृपबहादुर वडले ८६३ मतसहित पछ्याइरहेका छन्।  नेकपा ( एमाले)का रणबहादुर चन्दले १५४ मत पाएका छन्।

यस्तै, उपमेयरमा गठबन्धनबाट माओवादीकी उम्मेदवार शान्ति अधिकारीले ७३८, एमालेकी कन्दकला रानाले ४११ तथा स्वतन्त्र उम्मेदवार प्रभाकरण भण्डारीले ५११ मत प्राप्त गरेका छन्।

 

प्रतिक्रिया दिनुहोस्