६ दलीय गठबन्धनलाई हराउँदै दमक-१ मा एमाले प्यानलै विजयी
काठमाडौं, जेठ १ । सत्तारुढ पाँच दल र राप्रपासहितको गठबन्धनलाई हराउँदै झापाको दमक नगरपालिका- १ मा प्रमुख प्रतिपक्षी नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । उक्त नगरपालिका एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहनगर पनि हो ।
केहीबेर अघि सार्वजनिक मत परिणाम अनुसार सो वडामा एमालेका हरि नेउपानेको प्यानल नै विजयी भएको छ । नेउपानेले १,२८८ मत ल्याउँदा गठबन्धनका तारा अधिकारीले १,२६३ मत ल्याएकी छन् ।
नगरपालिका प्रमुखमा पनि एमालेकै गीता अधिकारीले अग्रता जारी राखेकी छन् । उनले गठबन्धनका उम्मेदवारलाई ४१ मतले पछि पारेकी छन् । उपप्रमुखमा भने गठबन्धनकी रेगिना प्रसाईंले १,२८४ मत ल्याएर अग्रता लिँदा एमालेबाट उपप्रमुख उम्मेदवार अम्बिका खनालले १,१४९ मत पाएकी छन् ।















प्रतिक्रिया दिनुहोस्