सबैको ध्यान बालेन शाहतिरै , उनका नाममा २८ केजीको खसी बाजी !
काठमाडौं, जेठ १ । यति बेला देशैभर स्थानीय तह निर्वाचनको मतगणना भइरहेको छ । सबैको ध्यान भने काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहतिरै छ । यति मात्रै होइन उनको नाममा दुई युवाले २८ केजीको खसी बाजी समेत राखेका छन्।
काठमाडौं महानगरमा सुरुवातदेखि नै निरन्तर अग्रता राखेका बालेनको जित र हारमा दुई युवाले बाजी थापेका हुन्। खोटाङका रमेश खड्का र विजय फुयाँलबीच खसी बाजी भएको हो।
बालेनले काठमाडौंको मेयर जिते रमेशले २८ केजीको खसी विजयलाई दिने र बालेन हारे विजयले २८ केजीको खसी बराबरको रकम रमेशलाई दिने सर्त राखिएको छ। उनीहरुले साक्षी किनारासमेत राखेर सर्तको कागजात समेत बनाएका छन्। जुन अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।
प्रतिक्रिया दिनुहोस्