भरतपुर महानगर अपडेट: रेनुको अग्रता, पछिपछि विजय
काठमाडौं, जेठ १ । चितवनको भरतपुर महानगरपालिकामा गठबन्धनबाट उम्मेदवार बनेकी माओवादी केन्द्रकी रेनु दाहालले अग्रता बनाएकी छन् ।
पछिल्लो अपडेट अनुसार अहिलेसम्म ४५७४ मतगणना हुँदा रेनुले १६९४ मत पाएकी छन् । उनी नेकपा एमालेका विजय सुवेदी भन्दा ६४ मतले अगाडी रहेकी छन् । सुवेदीले १६३० मत पाएका छन्
त्यस्तै काँग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले ५६८ मत पाएका छन् ।
त्यसैगरी उपमेयरमा भने कांग्रेस अगाडि छ । कांग्रेसका चित्रसेन अधिकारीले १८६५ मत पाउँदा राप्रपाका हिमला गुरुङले १३१० मत ल्याएकी छन् ।
भरतपुरमा अहिलेसम्म वडा नम्बर १ को मतगणना सकिएको छ भने हाल वडा नम्बर २ को गणना भइरहेको निर्वाचन कार्यालयले जानकारी दिएको छ ।















प्रतिक्रिया दिनुहोस्