काठमाडौंमा बालेन १३१३ मतान्तरले अगाडि

काठमाडौँ , जेठ १ । काठमाडौं महानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहले १ हजार ३१३ मतको अग्रता लिएका छन्।

साढे १ सम्मको मतगणना अनुसार बालेनले २८१० मत प्राप्त गरेका छन्।

त्यस्तै नेकपा एमालेका उम्मेदवार केशव स्थापितले १५०७ मत प्राप्त गरेका छन्।

त्यस्तै सत्तारुढ गठबन्धनको तर्फबाट मेयरको उम्मेदवार बनेकी सिर्जना सिंहले १४२० मत पाएकी छिन्।

प्रतिक्रिया दिनुहोस्