काठमाडौंका पाँचै वडामा बालेन अगाडि, कसले कति पाए ?

काठमाडौं, जेठ १ । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता कायमै गरेका छन्। उनले मतान्तर समेत बढाउँदै लगेका छन्। अहिले वडा नम्बर १, २, ३, ४ र ३२ को मतगणना जारी छ। यी सबै वडामा २०७४ सालको निर्वाचनमा एमालेले जित निकालेको थियो।

ताजा परिणाम अनुसा पाँच वटै वडामा अन्य उम्मेदवार भन्दा बालेनलाई बढी मत आएको छ। वडा नम्बर १ मा बालेनले ५५० मत प्राप्त गर्दा एमालेका केशव स्थापितले २७३ र कांग्रेसकी सिर्जना सिंहले ३५० मत प्राप्त गरेकी छन्। वडा नम्बर २ मा बालेनले ५५७ मत प्राप्त गरेका छन्। स्थापितले ३५१ मत ल्याउँदा सिंहले २०४ मत प्राप्त गरेकी छन्।

यस्तै वडा नम्बर ३ मा बालेनले ३९४ मत प्राप्त गरेका छन्। स्थापितले २०८ र सिंहले २८४ मत प्राप्त गरेकी छन्। वडा नम्बर ४ मा भने बालेनले ५६३ मत प्राप्त गर्दा स्थापितले २८१ र सिंहले २६४ मत प्राप्त गरेकी छन्। वडा नम्बर ३२ मा बालेनले ५८२, स्थापितले ३०२ र सिंहले २५७ मत प्राप्त गरेका छन्।

अहिलेसम्म समग्रमा बालेनले २ हजार ६०१ मत पाएका छन्। दोस्रो स्थानमा रहेका स्थापितले १ हजार ४१५ र सिंहले १ हजार ३५९ मत पाएकी छन्।

प्रतिक्रिया दिनुहोस्