बाजुरामा एमाले र कांग्रेस कार्यकर्ताबीच झडप, ९ राउन्ड हवाइ फायर
काठमाडौं, बैशाख ३१ । बाजुराको हिमाली गाउँपालिकाको मतगणना स्थलमा नेकपा (एमाले) र कांग्रेस कार्यकर्ताबीच झडप भएको छ।झडप नियन्त्रणमा लिन प्रहरीले हवाइ फायर गरेको छ।
मतदानस्थलबाट मत पेटिका गणनास्थलमा ल्याउने क्रममा शिल भाँचिएको विषयमा विवाद हुँदा झडप भएको थियो।मतपेटिका सुरक्षित गर्न र शान्तिपूर्ण वातावरण बनाउन प्रहरीले ९ राउण्ड हवाइ फायर गरेको जनाएको छ।
‘अहिले पनि प्रहरीमाथि ढुंगामुढा भइरहेको छ, मत पेटिकाहरुको सुरक्षा गरिरहेका छौं,’ बाजुराका प्रहरी प्रमुख डीएसपी चतुर्भुज ओझाले भने।
त्यहाँ अहिले पनि तनावपूर्ण अवस्था छ। विवादले उग्ररूप लिएपछि प्रहरी ९ राउन्ड हवाइ फायर गर्न पुगेको हो
प्रतिक्रिया दिनुहोस्