प्रधानमन्त्री देउवाको वडामा कांग्रेस पराजित
काठमाडौं, बैशाख ३१ । प्रधानमन्त्री शेरबहादुर देउवाको मतदाता नामावली भएको वडामा नेपाली कांग्रेस पराजित भएको छ।देउवाको नामावली रहेको डडेल्धुराको गन्यापधुरा गाउँपालिका वडा नम्बर १ मा कांग्रेस पराजित भएको हो।
देउवाको वडासमेत रहेको वडा नम्बर १ रुवाखोलाको अध्यक्षमा कांग्रेसका पूर्व नेता कर्ण मल्ल नेतृत्वको कांग्रेस बीपीका नरेश भण्डारी विजयी भएका छन्।
उनले ६७३ मत प्राप्त गर्दै कांग्रेस उम्मेदवारलाई पराजित गरेका हुन्। उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका चन्द्रबहादुर देउवाले ५४४ मत पाए, उक्त वडामा कांग्रेस बीपीको प्यानल नै विजयी भएको हो।
कांग्रेसबाट निष्कासित मल्ल समूहले बिपी कांग्रेसको करुवा चुनाव चिन्ह लिएर जिल्लामा देउवा नेतृत्वको काँग्रेससँगै प्रतिस्पर्धा गरिरहेको छ।















प्रतिक्रिया दिनुहोस्