स्थानीय तह निर्वाचनको देशभर मतगणना जारी, ठूलो संख्यामा सुरक्षाकर्मीहरु तैनाथ

काठमाडौँ, बैशाख ३१ । स्थानीय तहको निर्वाचनको देशभर मतगणना भइरहेको छ ।

मतगणनाका क्रममा केही स्थानको नजिता समेत आइसकेको छ भने अधिकांश स्थानमा मतगणना भइरहेको निर्वाचन आयोगले जनाएको छ ।

मतगणना स्थलहरुलाई सुरक्षित बनाउन ठूलो संख्यामा सुरक्षाकर्मीहरु तैनाथ गरिएको छ । शुक्रबार देशभरका कूल १० हजार ७५६ मतदानस्थलमा रहेका २१ हजार ९५५ मतदान केन्द्रमा मतदान भएको थियो ।

निर्वाचनबाट ७५३ स्थानीय तहका प्रमुख(उपप्रमख, अध्यक्ष(उपाध्यक्ष, वडाध्यक्ष, दलित महिला सदस्य, महिला सदस्य र खुला वडा सदस्य गरी कूल ३५ हजार २२१ निर्वाचित हुनेछन् । यसअन्तर्गत छ महानगरपालिका, ११ उपमहानगरपालिका र २७६ नगरपालिकामा गरी २९३ प्रमुख र उपप्रमुख, ४६० गाउँपालिकामा एक(एक अध्यक्ष र उपाध्यक्ष, छ हजार ७४३ वडामा वडाध्यक्ष, सोही सङ्ख्यामा महिला र दलित महिला सदस्य तथा १३ हजार ४८६ खुला वडा सदस्य निर्वाचित हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्