काठमाडौं महानगरमा ३०० मत गन्दा बालेनको अग्रस्थान कायमै, समर्थकद्वारा नाराबाजी
काठमाडौं , बैशाख ३१ । काठमाडौं महानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता कायम लिएका छन् । ३०० मत गणना हुँदा अहिलेसम्म बालेनले ९५ मत ल्याएका छन् ।
यस्तै, गठबन्धनका उम्मेदवार सिर्जना सिंहले ७६ मत ल्याएकी छिन् । एमालेका उम्मेदवार केशव स्थापितले ४१ मत प्राप्त गरेका छ्न्।
मेयर पदका स्वतन्त्र उम्मेदवार साहले सुरुवाती अग्रता लिएपछि उनका समर्थकहरु राष्ट्रियसभा गृह पुगेर नाराबाजी गरेका छन् । उनीहरुले नेपालको झण्डा लिएर साहको पक्षमा नाराबाजी गरेका हुन्।















प्रतिक्रिया दिनुहोस्