धनगढीमा स्वतन्त्र उम्मेद्वार गोपाल हमालको अग्रता, कांग्रेसले पछ्याउँदै

काठमाडौं, बैशाख ३१ । कैलालीको धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवारको अग्रता देखिएको छ ।

कांग्रेसका उम्मेदवार नृप वडलाई उछिन्दै स्वतन्त्र गोपाल हमालले अग्रता बनाएका हुन् । १०० मत गणना हुँदा हमालको आँप चिन्हमा ५५ मत प्राप्त भएको छ ।

यस्तै सत्ता गठबन्धनका उम्मेदवार समेत रहेका वडको २२ मत आएको छ । यस्तै एमालेका उम्मेदवारको जम्मा दुई मत प्राप्त हुँदा २१ मत बदर भएको छ ।

उपप्रमुखमा माओवादीकी शान्ति अधिकारी ४०, एमालेकी कन्दकला राना १०, राप्रपाले ८ मत प्राप्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्