भरतपुर अपडेट : विजय सुवेदी ४१, रेनु दाहाल ३७, जगन्नाथ पौडेल ८

काठमाडौं, बैशाख ३१ । चितवनको भरतपुर महानगरपालिकामा करिब २ घण्टा बित्दा एक सय मत गनेर सकिएको छ।एक सय मत गनिसक्दा त्यहाँ एमालेका उम्मेदवार विजय सुवेदीले अग्रता बनाइरहेका छन्।

एमालेका विजय सुवेदीले ४१ मत ल्याएका छन्। गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी रेनु दाहालको पक्षमा ३७ मत परेको छ।

कांग्रेसबाट विद्रोह गरेर भुइँकटहर चिह्नसहित स्वतन्त्र उठेका जगन्नाथ पौडेलले ८ मत ल्याएका छन्।

उपमेयरमा कांग्रेस र राप्रपाबीच कडा प्रतिस्पर्धा देखिएको छ। उपमेयरमा एमालेसँग गठबन्धन गरेको राप्रपा उम्मेदवारको पक्षमा ३५ मत खसेको छ। उता गठबन्धनबाट चित्रसेन अधिकारीले ३९ मत ल्याएका छन्।

 

प्रतिक्रिया दिनुहोस्