भरतपुर महानगर अपडेट : २८ मत गन्दा रेनुको अग्रता

काठमाडौँ, बैशाख ३१ । चितवनको भरतपुर महानगरपालिकामा मतगणना सुरु भएको छ । प्रारम्भिक मतगणना अनुसार नेकपा माओवादी केन्द्रकी रेनु दाहाल र एमालेका विजय सुबेदीबिच प्रतिस्पर्धा देखिएको छ ।

२८ मत गन्दा सुवेदी भन्दा रेनु १ भोटले अगाडि छिन् । रेनुले १२ भोट र विजयले ११ भोट ल्याएका छन् । कांग्रेसबाट स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेलको पक्षमा १ भोट खसेको छ ।

अन्य उम्मेदवारहरूले अहिलेसम्म भोटको खाता खोल्न सकेका छैनन् ।

 

प्रतिक्रिया दिनुहोस्