निर्विरोधसहित नौं पालिकाको नतिजा सार्वजनिक : एमाले ४, कांग्रेस ३ र नेकपा एस २

काठमाडौं, बैशाख ३१ ।  स्थानीय तह निर्वाचनमा निर्विरोध भएकासहित नौं पालिकाको नतिजा सार्वजनिक भएको छ । नतिजाअनुसार अध्यक्षमा एमालेले चार, कांग्रेसले ३ र एकीकृत समाजवादीले दुई ठाउँमा जित हासिल गरेका छन् ।
हेर्नुस् हालसम्मको मत परिणाम
एमाले

१. मनाङ ङिस्याङ गाउँपालिका
२. मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका
३. मनाङको चामे गाउँपालिका
४. डोल्पाको शे फोक्सुन्डो गाउँपालिका (निर्विरोध)

नेपाली कांग्रेस

१. मनाङको नासोमा कांग्रेस
२. मुस्ताङको घरपझोङ गाउँपालिका
३. मनाङको नार्पाभूमि गाउँपालिका

एकीकृत समाजवादी

१. डोल्पाको काइके गाउँपालिका (निर्विरोध)
२. डोल्पाको छार्का साङतोङ गाउँपालिका (निर्विरोध)

प्रतिक्रिया दिनुहोस्