एकाबिहानै नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला पक्राउ

काठमाडौं, बैशाख २९ । नव गठित नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला पक्राउ परेका छन् । उनलाई बिहान ४ बजे दाङको भालुवाङबाट पक्राउ गरिएको हो । आफ्नो घर सुर्खेत जाँदै गर्दा भालुबाङमा पक्राउ गरिएको पार्टीका एक नेताले जानकारी दिएका छन् ।

स्थानीय निर्वाचनको ठिकअघि उनलाई पक्राउ गरिएको छ । चुनाव बहिष्कार गरेको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको जनाइएको छ ।

पार्टीले चुनावमा नजाने तर यदि देशभक्त, एमसीसी विरोधी र क्रान्तिकारी स्वतन्त्र उम्मेदवार भए सघाउने नीति लिएको छ । चुनावकै विषयलाई लिएर नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाबाट विभाजन भई उनले केही दिनअघि मात्र नयाँ पार्टी गठन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्