जब सर्वदलीय बैठकमा कांग्रेस प्रतिनिधि खुकुरीसहित पुगे…

काठमाडौं, बैशाख २८ । गण्डकी गाउँपालिका वडा नम्बर ६ को तोमनडाँडा आधारभूत विद्यालय मतदात केन्द्रमा आयोजित बैठकमा सहभागी हुन गएका कांग्रेसका प्रतिनिधि हतियारसहित पक्राउ परेका छन्।

मतदान अधिकृतले आह्वान गरेको मतदात केन्द्रस्तरीय सर्वदलीय बैठकमा उपस्थित कांग्रेसका प्रतिनिधि मनोज गुरुङ पक्राउ परेका हुन्। उनले बोकेको झोलाबाट प्रहरीले खुकुरी बरामद गरेको जिल्ला प्रहरी कार्यालयका एसपी केदार खनालले बताए।

उनी नेपाली कांग्रेसको भातृसंस्था तरुण दलमा आवद्ध रहेको खुलेको छ। मतदान केन्द्रमा खटिएको सुरक्षाकर्मीले नियन्त्रणमा लिएर गुरुङलाई जिल्ला प्रहरी कार्यालय पठाएको र घटनाको अनुसन्धान भइरहेको एसपी खनालले बताए।

प्रतिक्रिया दिनुहोस्