भारतीय सैनिक विमान भैरहवामा, मोदीको भ्रमण तयारीका लागि आएको हो त ?

काठमाडौं, बैशाख २९ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी भ्रमणमा आउने तय भएसँगै त्यसको पूर्वतयारी सुरु भएको छ। यसै क्रममा भारतीय सैनिक अधिकारीको टोली लुम्बिनी आइपुगेको छ।

जेठ २ गते परेको बुद्ध जयन्तीको अवसरमा भारतीय प्रधानमन्त्री मोदी लुम्बिनी आउने कार्यक्रम तय भएको छ। त्यसकै पूर्वतयारीका लागि बुधबार बिहान भारतीय वायुसेनाको विमानमार्फत भारतीय सैनिक अधिकारीको टोली बन्दोबस्तीका सामग्रीसहित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा अवतरण गरेको बताइएको छ।

लुम्बिनी विकास कोषका अनुसार विमानमार्फत ३० जनाको भारतीय सैनिक टोली लुम्बिनी आएको छ। विमानमा मोदी चढ्ने गाडी र अन्य बन्दोबस्तीका सामान ल्याइएको बताइएको छ। यो टोली अब जेठ २ गतेसम्म लुम्बिनीमै रहने छ।

प्रतिक्रिया दिनुहोस्