जनताको शासक होइन, सेवक बन्नेछुः काठमाडौं उपमेयरकी उम्मेदवार सुनिता

काठमाडौं, बैशाख २७ ।काठमाडौं महानगरपालिकाकी उपमेयर उम्मेदवार सुनिता डंगोलले मतदान गर्न मतदातासँग अपिल गरेकी छिन् ।

काठमाडौंमा आयोजित चुनावी सभामा बोल्दै डंगोलले जितपछि सेवक बन्न उम्मेदवारी दिएको बताइन्। उनले भनिन्, ‘जितपछि जनताको शासक बन्न यो पाइला चालेको होइन जनताको सेवक बन्न चुनावी मैदानमा होमिएको हुँ । ’

उनले काठमाडौंलाई सांस्कृतिक नगरी बनाउन उम्मेदवारी दिएको बताइन् । उनले जनता, न्याय र समानताको पक्षमा लड्ने बताइन् । काठमाडौंलाई कान्तिपुरी नगरी बनाउने उनको भनाइ छ। एमालेले देशव्यापीरुपमा विकासको अभियान चलाएको उनको भनाइ छ ।

डंगोलले भनिन्, ‘जनताको सेवक बन्ने सौभाग्य प्रदान गर्नुस् । मत खेर जान दिने छैनौं । सूर्यजस्तै चहकिलो बन्न दिन एमाले उम्मेदवारलाई भोट दिनुस्।’

प्रतिक्रिया दिनुहोस्