कामपा–४ मा विगतमा भएका वेतिथीको अन्त्य गर्छु : वडाअध्यक्षका उम्मेदवार न्यौपाने
काठमाडौँ, बैशाख २७ । नेपाली काँग्रेसबाट काठमाडौँ महानगरपालिका वडा नं ४ का वडाअध्यक्षका उम्मेदवार रामप्रसाद न्यौपानेले आफ्नो वडामा विगतमा भएका वेतिथीको अन्त्य गर्ने बताउनुभएको छ ।
बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा काँग्रेस पार्टीको तर्फबाट कामपा ४ को वडाअध्यक्षमा उम्मेदवारी दिनुभएका न्यौपानेले विगतमा भएका वेतिथी अन्त्य गर्दै अनुशासीत र भ्रष्टचार रहित वडा निर्माण गर्ने बताउनुभएको हो ।
“विगतमा निर्वाचित जनप्रतिनिधीले आफ्ना कार्यकर्ता पोस्न विना टेन्डर ठेक्का दिँदै आएको परम्परालाई अन्त्य गर्दै उपभोक्ता समिति गठन गरेर वडाको विकास निर्माणका लाग्नेछु,”– उहाँले भन्नुभयो ।
अध्यक्षका उम्मेदवार न्यौपानेले जेष्ठ नागरिक विशेष भत्ता रु २० हजार पु¥याउने, व्यवसायीक व्यक्तिलाई कर छुटको व्यवस्था, युवाहरुलाई व्यवसायीक खेलकुद तालिम, ज्येष्ठ नागरिकलाई औषधी उपचारमा ५० प्रतिशत छुटको व्यवस्थालगायतका काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
“वडाका जनप्रतिनिधीले कोरोनाको समयमा समेत आफ्नो परिवार र आफन्तलाई कोभिड खोप दिएर वडाबासीलाई वेवास्था गरेको अवस्था थियो, म वडामा विजयी भएमा परिवार र आफन्तभन्दापनि वडाबासीलाई प्राथमिकता दिएर काम गर्नेछु,”– न्यौपानेले भन्नुभयो ।
सोही वडामा काँग्रेसबाट वडा सदस्यमा सुवर्ण सिलवाल, सञ्जय श्रेष्ठ, महिला सदस्यमा सावित्री खनाल र दलित महिला सदस्यमा सीता दमाईले उम्मेदवारी दिनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्