काँग्रेस कामपा–४ को चुनावी सभा: न्यौपानेसहित उम्मेदवारलाई विजयी गराउने घोषणा

काठमाडौँ, बैशाख २६ । नेपाली काँग्रेसले काठमाडौँ महानगरपालिका वडा नं ४ मा विशाल चुनावी सभाको आयोजना गरेको छ ।

काँग्रेस कामपा–२६ ले बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनलाई लक्षित गरी विशाल मिलन केन्द्रको भवनमा चुनावी सभा आयोजना गरेको हो ।

चुनावी सभालाई सम्बोधन गर्दै काँग्रेस प्रवक्ता डा प्रकाशशरण महतले नेकपा ९एमाले०का अध्यक्ष केपी ओलीकै अहंकारको परिणाम स्वरुप एक विशिष्ट परिवेशमा गठन भएको पाँच दलीय गठबन्धको जन्म भएको बताउनुभयो ।

उहाँले अहिले नेपाली काँग्रेसको नेतृत्वको सरकारले विदेशवाट अति आवश्यक रुपमा मात्रै वेदैशिक ऋण लिएको स्मरण गर्दै काँग्रेसका उम्मेदवारलाई विजय गर्न सबैलाई आग्रह गर्नुभयो ।

नेपाल सरकारका पूर्वसचिव श्याम मैनालीले महानगर र वडाको विकासमा स्थानीय निकायको ठुलो भूमिका रहेको बताउनु भयो । उहाँले अव निर्वाचित हुने वडाका जन प्रतिनिधिहरुलाई शुभकामना दिंदै वडालाई सुशासनयुक्त भष्ट्रचारमुक्त वडा बनाउनका लागि सुझाव दिनुभयो ।

काँग्रेस कामपा–४ का वडाअध्यक्षका उम्मेदवार रामप्रसाद न्यौपानेले आफु निवार्चित भए वडालाई भष्ट्रचारमुक्त बनाउने र जनताको सल्लाह र सुझाव अनुसार मात्रै आफुले वडाको कार्य सम्पादन गर्ने बताउनु भयो । कार्यक्रममा पूर्व इन्जिनीयर हिरण्यमान प्रधान,  क्षेत्रीय सभापति श्याम बहादुर खड्का काँग्रेस सोही वडाका नेता अचुत सापकोटा,अनिसराम भट्टलाई संविधानको रक्षाका लागि काँग्रेसलाई विजय गराउनुपर्ने उल्लेख गर्नुभयो ।

सोही वडामा काँग्रेसले रामप्रसाद न्यौपानलाई वडाअध्यक्ष, सुवर्ण सिलवाल र सन्जय श्रेष्ठलाई सदस्य, सावित्री थापा खनाललाई महिला सदस्य र सिता दमाईलाई दलित महिला सदस्यको रुपमा अगाडि सारेको छ ।

बौद्धिक तथा पेशागत समुहले आयोजना गरेको कार्यक्रमको सभापतित्व नेपाल प्रज्ञा प्रतिष्ठानको पुर्व कुलपति बैरागी काँइलाले गर्नुभएको थियो ।

काँग्रेस कामपा–४ ले आगामी बैशाख २७ गते मंगलबार विहान ७।३० बजे धुम्बहराही मन्दिर परिसरबाट चुनाव लक्षित विशेष ¥यालीको आयोजना गरेको छ । उक्त ¥यालीमा उपस्थित हुन सबैलाई काँग्रेसले आग्रह समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्