फेरि पनि आफू नै वडा अध्यक्षमा निर्वाचित हुनेमा विश्वस्त छुः उम्मेदवार ढकाल ( अन्तर्वार्ता )

काठमाडौं, बैशाख २६ । स्थानीय तह निर्वाचनलाई लिएर विभिन्न पार्टीका उम्मेद्वारहरुले चुनाव प्रचार–प्रसारलाई तिव्र बनाइरहेका छन् । चुनाव आउन अब केहि दिन मात्र बाँकी छ । यसैबीच कामनपा २९ को वडा अध्यक्षमा नेपाली कांग्रेसका तर्फवाट कुश ढकालको उम्मेदवारी परेको छ ।

उम्मेदवार कुश ढकालले फेरि पनि आफू नै वडा अध्यक्षमा निर्वाचित हुनेमा विश्वस्त रहेको बताएकाछन् । चुनाव प्रचारलाई तिव्रता दिईरहेका छन् । लामो समय देखि वडा नं.२९ मा जनताको सेवा गर्दै आएका ढकाल स्थानीय माझ सुपरिचित छन् । नेपाली कांग्रेसको इकाई अध्यक्षको जिम्मेवारी समेत सम्पन्न गरिसकेका नेता हुन् ढकाल । बाँकी ढकालसँग गरिएको कुराकानीमा:

चुनावी कार्यलाई कसरी अगाडि बढाइरहनु भएको छ ?

हामीले अहिले घरघर पुगेर घरदैलो अभियान कार्यक्रमलाई जोड दिएका छौं । जनताको घरदैलो कार्यक्रममा व्यस्तछौ यतिबेला । मतदाताहरुको घर–घरमा गएर प्रचार–प्रसार गर्ने कार्य भइरहेको छ । मतदाताहरुलाई भेट्ने प्रचार–प्रसार सामग्री प्रदान गर्ने, टोलस्तरीय भेला तथा छलफल गर्ने र मत माग्ने काम गरिरहेका छौं ।

विगतमा चुनाव जित्नु भयो , ५ वर्षमा भएका कामहरुलाई कसरी समिक्षा गर्नुहुन्छ ?

यो गरे त्यो गरे भन्नु भन्दा पनि मैले ७०/ ८० प्रतिशत जनातका लागि कामगरेको छु । आगामी दिनमा पनि गर्नेछु । मलाई विश्वास छ यो वडाका मतदाताहरुले मलाई भोट दिनुहुनेछ । यो ठाउँ र वडालाई व्यवस्थित बनाउन अझै धेरै कामहरु गर्नुपर्ने अवस्था रहेको छ । यो म पुरा गर्नेछु यो भन्दा अगाडि पनि धेरै गरेको छु । हाम्रो वडा र वडा भित्रका प्रत्येक टोललाई व्यवस्थित गर्नु नै हाम्रो पहिलो प्राथमीकता हो।

के- के गर्नु भो ?

ढल निकासको काम गरेकोछु , ठाउँ- ठाउँमा सडक पिच गरेको छु , बत्ति बालेर सहरलाई उज्यालो बनाएकाछौं । फेरि पनि जिते भने अझै विकासका कामलाई अगाडि सार्नेछु र जनताको मन जित्नेछु ।

आगामी ५ वर्षका एजेण्डका कार्यक्रमहरु के छन् यहाँका अबका ?

सबै वडालाई उज्यालो बनाउछौं , त्यसै गरि सिसिटिबी क्यामरा जडान गर्नेछौं , अधुरा रहेका विकास कार्यलाई निरन्तरता दिनेछु । टोलहरुलाई सुन्दर बनाउनको लागि अझै विद्युतीय मार्गलाई बढाउने छौं ।, धुलो र फोहोरलाई सडकसम्म पुग्न नदिनको लागि सडक किनारालाई व्यवस्थित गर्ने कामलाई प्राथमिकताका साथ अगाडि बढाउनेछौं । साथै नगरको बिकासलाई जोड दिएका छौं । यसका लागि विभिन्न निकायबाट बजेट ल्याउनेछौं । फोहोर व्यवस्थापन चुनौतीको विषय रहेको छ यसको समाधानका लागि पनि पहल गर्ने छौं ।

वडामा भएका समस्या र आवश्यकताहरु के के हुन ? अहिलेका एजेण्डाले सम्बोधन गर्न सक्छ की सक्दैन ?

वडामा भएका धेरै समस्याको सामाधान हामीले गरिसकेकाछौं , पहिले भन्दा अहिले धेरै व्यवस्थीत भएको छ ।बाँकी रहेका समस्याहरु अहिलेको हाम्रो चुनावी एजेण्डाले पक्कै सम्बोधन गर्नेछ । यहाँका जनताको समस्या के छ त्यो हाम्रो समस्या हो यस कारण हामी सामाधन तर्फ अग्रसर छौं ।

काठमाडौको फोहोर व्यवस्थापन त्यस्तै छ , यसको पहलका लागि के छ ?

यसको समस्याको सामाधन हामी चाडै गर्नेछौं , यसका लागि हाम्रो पलह पक्कै हुनेछ । फोहोर होइन हामी सुन्दर शहर ,सुन्दर वडाको लागी व्यवस्थापन पक्कै गर्नेछौं । अब काठमाडौंका सडकमा फोहोरको थुप्रो देख्न नसक्ने गरि हामी अगाडि बढ्नेछौं ।यो समस्यको सामाधान छिटै न्युनिकरण हुन्छ ढुक्क भए हुन्छ ।

अहिलेको चुनावमा विजय हासील गर्ने सम्भावना कतिको छ यहाँको ?

नाइन्टी प्रसेन्ट छ, म विजय हुन्छ , किन की जनता म प्रति आश्वस्त छन् । मैले यो वडा लगाएत जनताको हकहितका लागि काम गरेको छु । यस कारण मेरो विजय हासील हुनेमा म ढुक्क छु ।

जनतामा लानु पर्ने बाँकी एजेण् के- के छन् अब ?

पार्टीको घोषणा पत्रलाई आत्मसाथ गर्दै समाजमा विकासको गति दिन आफुले उम्म्द्वारी दिएको ढकाल बताउँछन् । आफु निर्वाचित भए वडा नं. २९ लाई व्यापक सुधार गर्ने मेरो प्रतिवद्धता छ ।वडाका सबै गल्लीमा, ठाउँ–ठाउँमा आवश्यकता हेरि सिसि क्यामेरा र सोलार बत्ती जडान गर्ने, वातावरण मैत्रीपूर्ण फोहोर प्रसोधन गर्ने मेरो अबको मुख्या एजेण्डा छन् ।

आफ्नो पाँच वर्षे कार्यकालमा उत्कृष्ट कामहरु गरेर जनताको मन जित्न सफल भएको र आगामी दिनमा पनि अझै जनताको मन जित्नेछु । ५ बर्षमा गर्न नसकेका अधुरा कामका लागी फेरि पनि उमेदवार भएको र जित हासिल हुनेमा आफु विश्वस्त रहेको ढकालको भनाइ छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस्