पुनः नगर प्रमुख हुनेमा म ढुक्क छु: उम्मेदवार ढुंगाना
काठमाडौं । स्थानीय तहको निर्वाचन नजिकिंदै गर्दा उम्मेदवारहरु चुनावी कार्यक्रम तथा जनताको घरदैलो कार्यक्रममा व्यस्त छन् ।चुनावको परिणामलाई आफ्नो पक्षमा पार्न सबै नेता तथा कार्यकर्ताहरु जोडतोडका साथ लागेको छन् ।
यसै सिलसिलामा धाडिङ्गको नीलकण्ठ नगरपालिकाका उम्मेद्वारहरु पनि चुनावमा होमिएका छन् । विकास र आर्थिक दृष्टिकोणले जिल्लाकै महत्वपूर्ण स्थान मानिएको नीलकण्ठ नगरपालिकाको नेतृत्वलाई महत्वकासाथ हेरिन्छ । जिल्लाको सदरमुकाम समेत भएकाले यस क्षेत्रको निर्वाचनलाई महत्वकासाथ हेरिएको हो ।
२०७४ सालको निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट नगरपालिका मेयर प्रमुखमा उम्मेदवार बनेका भीमप्रसाद ढुंगानालाई तत्कालिन निर्वाचनमा पनि माओवादी केन्द्रको समर्थन थियो । आफैंमा बलियो उम्मेदवार ढुंगानालाई माओवादीको सहयोग पाएपश्चात विजय हुन कुनै समस्या भएन ।
उनले नगरपालिकमा पहिलो पटक प्रमुख भई काम गर्ने सिलसिलामा नीलकण्ठ नगरपालिकालाई प्रत्येक वर्ष पुरस्कृत गर्दै दुई सर्वोत्कृष्ट नगरको रूपमा पुरस्कृत गराए ।
उनै ढुंगाना फेरि पनि नीलकण्ठ नगरपालिकाको प्रमुखमा उम्मेदवारी दिएका छन् । यस पटक पनि पाँचदलिय गठबन्धनको सहयोग भएकाले उहाँको जित सुनिश्चित जस्तै छ ।
राजनीतिक संघर्षका साथै विगतमा विभिन्न सरकारी तथा गैर सरकारी संघ÷संस्थाहरुमा आवद्ध भएका ढुंगाना सडक वोर्ड नेपालमा समेत सदस्य छन् । हाल फन्ट वोर्ड नेपालका प्रमुखका साथै ढुंगाना गाउँ विकास समिति राष्ट्रिय महासंघको महासचिव समेत हुन् ।
नगरको विकासः
नीलकण्ठ नगरपालिकामा खानेपानी, सडक पूर्वाधारको निर्माण नगर भित्र करिडोरको शुरुवात गरेका छौं । सडकलाई बाह्रै महिना सवारी साधन चलाउन सक्ने गरि बिस्तार गर्दै ५०, ६० कि.मि कालो पत्रे र करिब ८० कि.मी. ग्राभेल गर्न सक्यौं । विद्यालय पक्की, उन्नत कृषि तथा पशुपालन, पशुबिमामा अनुदान, उद्योगग्रामको शुरुवात साथै नीलकण्ठ नगरपालिकालाई समृद्घ, विकशित र सुसाशन राख्न सफल भएकोमा लगातार चार बर्षदेखि उत्कृष्ठ नगरपालिकाको रुपमा पुरस्कृत हुन सफल भएका छौं ।
आगामी योजनाः
आगामी योजनाहरुमा पुराना योजनाहरु खासगरी खानेपानी, उधोगग्राम, सडक, उधमशिलता, सूचना प्रविधि, सुशासन र भौतिक पूर्वाधारको विकास लाई पूर्णता दिँदै नयाँ कार्य योजना शुरु गर्ने लक्ष्य रहेको छ ।
नगरको विकासका लागि पालिकाको बजेटले मात्र अपुग भएकाले विभिन्न निकायबाट बजेट ल्याई नगरको बिकासलाई जोड दिएका मेयरका उम्मेद्वार ढुंगाना नगरमा मात्रै भनई जिल्लामै लोकप्रिय छन् ।
नगरको भौतिक विकासलाई जनस्तरमा पुर्याउने, ससादेखि मुरलीभञ्ज्याङ्ग, नियालपानी, गोलाभन्ज्याङ्ग, चाँपभञ्ज्याङ्ग, सल्ले, शांकोस हुँदै बजारक्षेत्र जोड्ने चक्रपथ निर्माण गर्दै करिडोर र रिङरोडलाई व्यवस्थित गर्ने योजनामा छन् उनी । यो कार्यको पनि थालनी भइसकेको छ । खानेपानी, स्कुल, अस्पताल, स्वास्थ्य चौकी, निर्माणमा समेत जोड दिएका छन् । उनको बजार क्षेत्रलाई स्वच्छ, सुन्दर र हरियाली बनाउने एजेण्डा छन् ।
गत निर्वाचनमा १३ हजार १६६ मतका साथ ढुंगाना विजयी हुँदा एमालेका प्रत्यासी अर्जुनकुमार श्रेष्ठले ६ हजार ९सय ९० मत ल्याएका थिए ।
राजनीतिक यात्राः
राजनीतिक यात्राको कुरा गर्दा भिमप्रसाद ढुंगाना २०२३ सालमा धादिङको मुरलीभञ्ज्याङमा जन्मी २०३६ सालमा निर्दलीय पञ्चायत विरुद्धको विद्यार्थी आन्दोलनबाट राजनीति सुरु गरेका हुन् ।
२०३९ सालमा नेपाल विद्यार्थी संघको धादिङ जिल्ला अध्यक्ष बनेका उनी २०४२ नेपाली कांग्रेसको सत्याग्रहमा संलग्न हुँदा पक्राउ परेर केही महिना जेल समेत परे ।
विस. २०४८ र २०५४ सालमा दुईपटक मुरलीभञ्ज्याङ्ग गाविस अध्यक्ष चुनिएका ढुंगाना २०७२ मा काँग्रेस धादिङको सभापतिमा पराजित भए । देउवा समूहबाट उठेका उनी केवल २६ मतले पराजित भएका थिए ।
२०७४ सालमा नीलकण्ठ नगरपालिका प्रमुखमा निर्वाचित भएका उनी यसबीचमा कांग्रेस पार्टीको क्षेत्रीय प्रतिनिधि, महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य र क्षेत्रीय सभापतिको जिम्मेवारीमा रहे ।
चुनावी माहोलः
चुनाव प्रचार प्रसार लागि सबै गमतदाताहरुको घरदैलो पुग्ने गरि टोल स्तरमा कमिटी बनाएर मतदाता शिक्षा दिने, भोट हाल्न सिकाउने निर्वाचनलाई सभ्यरुपमा सम्पन्न गर्न सबै नगरवासीहरु आव्हान गर्ने काममा हामी तल्लिन छौं ।
निर्वाचन जित्ने आधारहरुः
आफ्नो कार्यकालमा नगरलाई उत्कृष्ठ र समृद्घ बनाउन खेलेको भूमिका र उत्कृष्ठ र समृद्घ नगरपालिका बनाउन सक्ने, भिजन भएको कार्यकर्ताको रुपमा पार्टीले मेयरको उम्मेदवारको रुपमा मलाई छनौट गरेकोले मैले सम्पूर्ण नगरवासीको सहयोग र सहभागितामा फराकिलो मतले निर्वाचन जित्नेमा म ढुक्क छु ।















प्रतिक्रिया दिनुहोस्