सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

 

काठमाडौँ , बैशाख २५ । आइतबार सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन तोलामा ६ सयले बढेको छ ।

आइतबार सुन मुल्य तोलाको ९८ हजार ६ सय कायम भएको छ । यस अघि शुक्रबार सुन तोलाको ९८ हजारमा कारोबार भएको थियो ।

त्यस्तै आइतबार तेजावी सुनको मुल्य तोलाको ९८ हजार एक सय निर्धारण भएको छ ।

त्यस्तै आइतबार चाँदीको मुल्य प्रतितोलामा ५ रुपैंयाले बढेको छ । शुक्रबार १२८० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार १२८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्