गठबन्धन संघ र प्रदेशको निर्वाचनसम्म जान्छ: प्रधानमन्त्री देउवा

काठमाडौं, २४ बैशाख। प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन संघ र प्रदेशको निर्वाचनसम्म हुने बताएको छन् । उनले सत्तारुढ दलको गठबन्धन राष्ट्रिय आवश्यकता भएको दावी गर्दै यसले नै राष्ट्रिय समस्याको निकास दिने बताए ।
शनिबार तनहुँको दमौलीमा नेपाली कांग्रेस जिल्लाको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले देशमा व्याप्त राजनीतिक अस्थिरतालाई स्थायित्व र विकासको लागि यो गठबन्धन आवश्यक भएकाने बताए । उने यस गठबन्धनले नै एमाले अध्यक्ष केपी ओलीको अहमता अत्याचारविरुद्ध तुहान सकिने दावी गरे ।

उनले भने ‘यो एक ऐतिहासिक गठबन्धन हो, स्थानीय तहसम्म मात्र सीमित रहदैन, प्रदेश र संघको निर्वाचनमा पनि हामी यही अनुसार अगाडि बढ्छौँ ।’

प्रधानमन्त्री देउवाले गठबन्धनले एमाले अध्यक्ष ओलीको कार्यशैलीबाट जनताले मुक्ति पाएको समेत दाबी गरे । आफूबाहेक अरुलाई काम गर्न नदिने र आफू विरुद्ध कोही बोलेको सुन्न नसकेर ओलीले पटक पटक संसद् भङ्ग गरेको उनले आरोप लागए । गठबन्धन असफल बनाउन पटक पटक गरिएको प्रयास निरर्थक भएको बताउदै देउवाले चुनावी मैदानबाट सबैलाई जवाफ दिने बताए । चुनाव नै यस्तो शक्ति हो जसले सबैको रवैयालाई तुहान सक्ने बताए ।

 

प्रतिक्रिया दिनुहोस्