चुनावको दिन अत्याश्यक सेवाका बाहेकका सवारी साधनमा रोक
काठमाडौ. । स्थानीय तह निर्वाचनको मतदान हुने दिन आगामी वैशाख ३० गते शुक्रबार विना पास सवारीसाधन चलाउन नपाइने भएको छ।
निर्वाच आयोगका अनुसार अत्याश्यक सेवा र कूटनीतिक नियोगको सवारी साधनले अनुमतिपत्र लिनुपर्दैन।एम्बुलेन्स, खानेपानीको ट्यांकर, दमकल, दूरसञ्चार सेवा, शव बाहन, अस्पताल सेवा तथा विद्युत सेवा अत्याश्यक सेवामा पर्ने भएकाले अनुमति लिनुपर्र्ने छैन ।
अन्तर्राष्ट्रिय हवाई उडानका यात्रुले पासपोर्ट, भिसा र हवाई टिकटका माध्यमबाट विमानस्थलसम्म र विमानस्थलदेखि बासस्थानसम्म आवागमन गर्न पाउने भएका छन् । अन्य सवारीसाधनलाई पनि सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीले अनुमति दिने गरी अधिकार दिइएको छ।
काठमाण्डौ उपत्यकामा सूचना विभागको कार्डका आधारमा पत्रकारलाई प्रमुख जिल्ला अधिकारीले अनुमतिपत्र जारी गर्नेछ। निर्वाचनलाई मध्यनजर गर्दै भारत र चीनसँग जोडिएका सीमा नाका वैशाख २७ गते राति १२ बजेदेखि ३ दिन बन्द गर्न पनि आयोगले सरकारलाई आग्रह गरेको छ।
प्रतिक्रिया दिनुहोस्