केन्द्रीय नेता कुम्ठो जोडा-जोड, कार्याकर्ता करङ्ग भाँचा-भाँच

काठमाडौं । २३ बैशाख । सत्ता गठबन्धनका नेताहरु संयुक्त चुनावी सभामा छन् । उनीहरु कुममा कुम जोडेर हिंडीरहेका छन् । एकै मञ्चबाट भाषण गर्नेदेखि एकअर्कालाई प्रशंसा गर्दैमा सभाको सकिएको छ । काँग्रेस सभापति देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच सहकार्य, सहकार्यमा सुमधुर र गठबन्धन कसिलो बन्दै जाँदा केही प्रचण्डले १५÷२० वर्ष सहकार्य गर्ने अठोग रिरहंदा जिल्लाहरूमा भने कांग्रेस÷माओवादी कार्यकर्ताबीच कुटाकुट र हानाहान भएको घटना पनि कमी छैन । मेयर उपमेयरमा तालमेल गरेपनि अधिकांश वडा स्तरमा त्यो हुन सकेको छैन । पाँचदलीय गठबन्धनबीच स्थानीय चुनावमा तालमेल गर्ने भने पनि ७५३ मध्ये मुश्किलले दुई सय पालिकामा गठबन्धन भएका छन्। अन्यत्र दलहरू एक्लाएक्लै प्रतिस्पर्धामा उत्रिएका छन्।

तालमेल सम्भव नभएका क्षेत्रमा सत्ता गठबन्धनकै दलबीच प्रतिस्पर्धा भएको छ। चुनावी तालमेल नभएका क्षेत्रमा कांग्रेस र माओवादी कार्यकर्ताबीच झडपर कुटाकुट समेत भएको छ । एकले अर्कालाई सिध्याउने खेलमा छन् । सिन्धुपाल्चोकमा बिहीबार बेलुकी घरदैलो गरी फर्केका कांग्रेस कार्यकर्तामाथि माओवादीले आक्रमण गरे । बलेफी गाउँपालिका वडा नम्बर ५ बिन्जेल आँपबोटमा माओवादी कार्यकर्ता कांग्रेस कार्यकर्तामाथि जाइलागे ।

बलेफी वडा नम्बर ५ को वडा सदस्यमा माओवादीबाट उम्मेदवार रहेका रामबहादुर तामाङको नेतृत्वमा कुटपिट भएको कांग्रेसको आरोप छ। माओवादी कार्यकर्ताले कुटपिट गर्दा कांग्रेसका वडा प्रतिनिधि कुमार तामाङसहित चार जना घाइते छन्। तामाङको करङ भाँचिएको छ। उनलाई उपचारका लागि धुलिखेल अस्पताल ल्याइएको छ।

माओवादीको कुटपिटबाट बोतल, ढुंगा र लाठी प्रहार गर्दा कांग्रेस कार्यकर्ताका हात, टाउको र ढाडमा गहिरो चोटहरू लागेको छ। माओवादीका वडा सदस्य उम्मेदवार रामबहादुरले ुसल्लाह गर्नुछु भन्दै बोलाएर कुटपिट गर्न सुरू गरेको दाबी कांग्रेसको छ। दुबै पक्षलाई बोलाएर घटनाबारे अनुसन्धान सुरू गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ।

रूकुम पश्चिममा पनि कांग्रेस र माओवादीबीच झडप भयो। वाइसिएल कार्यकर्ताले तरूण दलका कार्यकर्तामाथि कुटपिट र ढुंगामुढा गरेका थिए। वाइसिएलले लखेटेपछि तरूण दलका कार्यकर्ताहरू त्रिवेणीको नुवाकोटस्थित चौकीभित्र पुगेका थिए।

प्रहरीले कांग्रेस कार्यकर्तालाई सुरक्षा दिएको भन्दै वाइसिएलले प्रहरी चौकी नै तोडफोड गरेका थिए। वाइसिएल कार्यकर्ताले कांग्रेसका तर्फबाट त्रिवेणी गाउँपालिका उम्मेदवार रहेका अमरसिं खड्काले चढ्ने रा१च १२६२ नम्बरको जिप तोडफोड गरेपछि विवादले उग्र रूप लिएको थियो। माओवादी कार्यकर्ताले तोडफोड गरेको कांग्रेसका उम्मेदवार सवार जिप तोडफोड भए ।
जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमका प्रहरी नायब उपरीक्षक विष्णुप्रसाद सोतीले वाइसिएल र तरूण दल कार्यकर्ताबीच झडप भएको र चौकीसमेत तोडफोड भएको बताए। वाइसिलको कुटपिटबाट तरूण दलका आठ जना घाइते भएका थिए। छ जनाको जिल्ला अस्पताल सल्ले र दुई जनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार गरिएको थियो। चित्र खड्का, वीरबहादुर वली, दुर्गा वली, झुपलाल वली, नवीन खड्कालगायत तरूण दलका कार्यकर्ता घाइते भएको रूकुमपश्चिम कांग्रेसले जनाएको छ।

माओवादीले भने आफ्ना जिल्ला कमिटी सदस्य चुडामणि बस्नेतको घरमा कांग्रेसले तोडफोड गरेकाले ढुंगा हानाहान भएको बताएको छ। त्रिवेणीमा दलहरू एक्लाएक्लै प्रतिस्पर्धामा छन्।

साथै रोल्पामा माओवादी कार्यकर्ताले कांग्रेसका उम्मेदवारलाई नै घाइते बनाएका छन्। माडी गाउँपालिका वडा नम्बर ३ तालावाङमा बुधबार राति माओवादीले कांग्रेस उम्मेदवारमाथि आक्रमण गरेका थिए। वडाध्यक्ष उम्मेदवार मीनबहादुर डाँगी चढेको गाडी नियन्त्रणमा लिएर उनीमाथि माओवादी कार्यकर्ताले रड प्रहार गरेका थिए। घाइते कांग्रेस कार्यकर्तालाई अस्पताल उपचारत छन् ।
तालावाङ बजारमा भएको चुनावी सभा गरेर फर्किँदै गरेका कांग्रेस नेतारकार्यकर्तामाथि माओवादीले आक्रमण गरेको थियो। घाइते डाँगीलाई उपचारका लागि दाङ लगिएको थियो। माओवादीले भने आफ्ना कार्यकर्तामाथि कांग्रेसले आक्रमण गर्दा प्रतिकार गरिएको दाबी गरेको छ। माओवादीका माडी गाउँपालिका सचिव वीरबहादुर घर्तीले कांग्रेसले आक्रमण गरेपछि प्रतिकार गरिएको बताए। जिल्लाहरूमा पार्टीका कार्यकर्ताहरूमाथि आक्रमण हुने क्रम बढेपछि आज कांग्रेसले सानेपामा सत्ता गठबन्धनभित्र रहेका दलका प्रतिनिधिहरूसँग छलफलसमेत गरेको छ।

घटना नदोहोरियोस् भनेका छौंस् मुख्यसचिव कृष्णप्रसाद पौडेल कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जिल्लाहरूमा पार्टीका कार्यकर्तामाथि कुटपिट हुने गरेका घटना बढेपछि आज पार्टी केन्द्रीय कार्यालयमा बैठक गरेर छलफल गरिएको बताए।

जिल्लाहरूमा कांग्रेसका साथीहरूमाथि कुटपिटका घटना भएका विवरण आएपछि हामीले सत्ता गठबन्धनभित्र रहेका सबै दलका सचिवालयमा रहेका प्रतिनिधिलाई सानेपा बोलाएर आज बिहान बैठक गरियो, पौडेलले भने, ‘घटना नदोहोरियोस् भनेका छौं। हाम्रा कार्यकर्ता नकुट्नू भनेका छौं।’
जिल्लाहरूमा दलहरूभित्र देखिएका विवाद अन्त्य गर्दै सम्बन्ध सुमधुर बनाउने विषयमा आज छलफल भएको थियो।

‘झडप तथा कुटाकुट जस्ता घटना अबदेखि दोहोरिँदैनन् भन्नेमा एकआपसमा आश्वस्त भएका छौं। अब घटना घट्दै जान्छन्,’उनले भने। तर केन्द्रले गरेको सहमती स्थानीय कार्याकर्ताले पालना गरेको पाइदैन । यसले केन्द्रले ज जस्तो कुम्ठो जोडे पनि स्थानीय कार्यकर्ता सत्रुवत व्यवहारमा उत्रेका छन् । यसले काँग्रेस कार्यकर्तालाई डर र त्रयासको वातावरण बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्