काठमाडौंमा गठबन्धनको संयुक्त चुनावी सभा
काठमाडौं, २३ बैशाख । स्थानीय तहको निर्वाचन नजिकिदैं गर्दा सत्ता गठबन्धनले आज (शुक्रबार) काठमाडौं उपत्यकामा संयुक्त चुनावी सभा गर्दैछ । बिहीबार मात्र भरतपुरमा चुनावी सभा सम्भ्पन्न गरेको गठबन्धनले आज दिउँसो २ बजे काठमाडौंको भृकुटीमण्डपमा सभा गर्न लागेको हो।
सभालाई प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासहित पाँचै दलका शीर्ष नेताले सम्बोधन गर्नेछन् कार्यक्रम रहेको छ। काठमाडौं महानगरपालिकामा गठबन्धनबाट काँग्रेस नेतृ सृजना सिंह मेयरमा उम्मेदवार छिन् भने ललितपुर महानगरमा पनि काँग्रेसकै चिरिबाबु महर्जन उम्मेदवार छन् । काठमाडौंको उपमेयरमा एकिकृत समाजवादीका रामेश्वर श्रेष्ठ र ललितपुरको उपमेयरमा माओवादी केन्द्रबाट बाबुराज बज्राचार्य रहेका छन् ।
बिहीबार भरतपुरमा आयोजित चुनावी सभामा माओवादी केन्द्रकी नेतृ रेणु दाहाललाई मेयरमा जिताउन आह्वान गरेका गठबन्धनका नेताहरुले आज काठमाडौंमा सभा गर्न लागेका हुन् ।
काँग्रेसले यसअघि २१ वैशाखमा मोरङको विराटनगरमा सभा गरिसकेको छ । विराटनगर महानगरपालिकामा गठबन्धनबाट काँग्रेसका नागेश कोइराला मेयरका उम्मेदवार छन् । काँग्रेसले देशका प्रमुख १० सहरमा साताव्यापी चुनावी सभा आयोजना गर्दैछ ।
प्रतिक्रिया दिनुहोस्