राप्रपा नेपालका कोषाध्यक्ष गुरुङले राजीनामा दिए
काठमाडौं, २२ बैशाख । राप्रपा नेपालका केन्द्रीय कोषाध्यक्ष चन्द्रबहादुर गुरुङले राजीनामा दिएका छन् । गुरुङले आज पार्टीको साधारण सदस्य समेत नरहने गरी कोषाध्यक्षबाट राजीनामा गरेका छन् । अध्यक्ष कमल थापालाई सम्बोधन गरेको राजीनामा पत्र गुरुङले आज केन्द्रीय कार्यालय विशालनगरमा दर्ता गराएका छन् ।
पाँच दिनअघि राप्रपा नेपालका केन्द्रीय उपाध्यक्ष उद्धव पौडेल, केन्द्रीय सदस्यहरू उर्मिला अधिकारी र श्रीधर सुवेदीले पनि थापाको साथ छाड्दै पार्टीबाट राजीनामा दिएका थिए । त्यस लगतै आज फेरी गुरुङले थापाको साथ छोडेका छन् । वि.स. २०३८ सालमा थापा नेपाल युवक सङ्गठनका अध्यक्ष रहँदा गुरुङ उपाध्यक्ष थिए । गुरुङ २०७३ मा आदिवासी जनजाति प्रतिष्ठानका उपाध्यक्ष समेत भएका थिए ।
राष्ट्रवादी स्वतन्त्र विद्यार्थी मण्डलका अध्यक्ष हुँदादेखिका सहकर्मी रहेका गुरुङ्ग थापाको साथ छाड्नुले खास अर्थ राख्ने छ । राप्रपा महाधिवेशनपछि हार व्यहोरेका थापाले राप्रपा नेपाल पार्टी खोलेका थिए र र
प्रतिक्रिया दिनुहोस्