नेयमार स्पेनिस क्लब रियल म्याड्रिड जाने खबर सार्वजनिक

म्याड्रिड (एजेन्सी) । सिजनको सुरुवातमा नेयमार पिएसजी पुगेको केहि समयपछि नै उनले क्लब छोड्न चाहेको चर्चा सुरु भएको थियो । नेयमारका पिताले फ्रान्सेली क्लब छाडेर नेयमार स्पेनिस क्लब रियल म्याड्रिड जाने यसअघि नै वाचा गरिसकेको खबर सार्वजनिक भएको छ ।

उनले पिएसजीबाट नेयमारलाई रियल पुर्याउन सम्भव सबै खाले प्रयास गर्ने वचन दिएको कुरा खुलेको छ । ब्राजिलियन २६ वर्षे स्टार भविष्यमा रियल जाने वा पुनः बार्सिलोना फर्कन सक्ने अनुमान गरिदै आएको छ । पछिल्ला हल्लापछि फ्रान्सेली क्लबका मालिक नेयमारसँग भविष्यका विषयमा छलफल गर्न ब्राजिल पुगेको खबर पनि आएको छ ।

नेयमारका पिताले छोरालाई अर्को सिजन स्पोनिस क्लब पुर्याउन आफुले सक्दो सहयोग गर्ने वचन दिएको बताइएको छ । २ सय २२ मिलयन युरोमा पिएसजी पुगेका नेयमारलाई क्लबले भने छोड्न चाहेको छैन । उनी क्लबमा रहँदा टोलीले भविष्यमा च्याम्पियन्स लिग जित्ने अपेक्षा गरेको छ ।

चोटग्रस्त नेयमार अहिले स्वदेशमा उपचार गराइरहेका छन् । यो सिजन सबै खाले प्रतियोगितामा २९ गोल गरिसकेका नेयमारले १९ एसिस्ट गरेका छन् । रियलले नेयमार किन्न परेमा ३ सय मिलियन सम्म खर्च गर्नुपर्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्