देशभर आठ हजारजनाले लिए उमेदवारी फिर्ता

काठमाडौं , बैशाख १७। निर्वाचन आयोगले आसन्न स्थानीय तह निर्वाचनमा करिब आठ हजार व्यक्तिले आफ्नो उमेदवारी फिर्ता लिएको जनाएको छ ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले करिब एक लाख ५३ हजार उमेदवारी परेकामा करिब आठ हजारजनाले फिर्ता लिएको जानकारी दिए । आज उमेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गरिएको पनि बताए ।

निर्वाचन आयोगको कार्यतालिकाअनुसार आज बेलुका ५ बजेसम्म उमेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गरिनेछ ।

ूउमेदवारी फिर्ता लिनेको संख्या करिब आठ हजार छ । एक लाख ५३ हजार उमेदवारी परेको थियो भने त्यसमा करिब आठ हजारजति उमेदवारले फिर्ता लिएका छन्,ू प्रवक्ता पौडेलले भने, ूकरिब एक लाख ४५ हजार उमेदवार कायम हुने देखिन्छ । आज चुनाव चिह्न प्रदान हुन्छ ।ू

आयोगले हिजो उमेदवारहरूको अन्तिम नामावली प्रकाशित गरिएको थियो । यही वैशाख ३० गते स्थानीय निर्वाचन हुँदै छ ।

प्रतिक्रिया दिनुहोस्