गठबन्धनको बैठक: पाँच दल बाहिरको तालमेल खारेज गर्ने निर्णय
काठमाडौं , बैशाख १६ । सत्तारुढ पाँच दलीय गठबन्धनको आज बालुवाटारमा बसेको बैठकले नेकपा एमालेसहितका अन्य दलसँग भएको तालमेल खारेज गर्ने निर्णय गरेको छ ।
बैठकले तीन वटा निर्णय गरेको प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस विज्ञ गोविन्द परियारले जानकारी दिएका छन् । बैठकले ६ महानगर र ११ उपमहानगरपालिकामा प्रमुख, उपप्रमुखमा गठबन्धनको सहमति विपरित भएको उमेदवारी तत्काल फिर्ता लिने निर्णय गरेको छ ।
यस्तै, सहमति विपरित स्वतन्त्र रुपमा दर्ता भएको उम्मेदवारी फिर्ता लिने पनि निर्णय गरिएको परियारले जानकारी दिए ।
बैठकले पाँच दलीय गठबन्धनबाहेक स्थानीय तहहरुमा अन्य दलहरुसँग भएको तालमेल तत्काल खारेज गर्ने र गठबन्धन भए सम्बन्धित पार्टीले कारबाही गर्ने निर्णय गरेको छ ।
प्रतिक्रिया दिनुहोस्