एनआरएनए,आइसिसि हकंङद्वारा स्वास्थ्य सामाग्री वितरण

काठमाडौं । गैर आवसीय नेपाली संघ,आइसिसि हकंङको सौजन्यमा प्राप्त ३ वटा अक्सिजन र १३ हजार ५ सय थान सर्जिकल मास्क सुनसरी जिल्लाका ३ स्वास्थ चौकीमा वितरण गरिएको छ । गैर आवासिय नेपाली संघ, युरोप क्षेत्रीय संयोजक सन्तोस भट्टराइको नेतृत्वमा संकलित सामाग्री संघले बकलौरी स्वास्थचौकी, मधेसा स्वास्थ चौकी र बविया स्वास्थ चौकीलाई एक/एक थान अक्सिजन र क्रमसः ६ हजार थान, ४ हजार थान र ३५ सय थान सर्जिकल मास्क वितरण गरिएको हो ।

स्वास्थ्य सामाग्री बुझ्दै प्रदेश नं १ का पुर्व मुख्यमन्त्री भीम आचार्यले एनआरएनए आइसिसि हकंङद्वारा प्रदान गरिएकको स्वास्थ्य सामाग्रीको अधिकमत प्रयोग गरि जनसमुदायलाई सेवा प्रदान गरिने बताए ।

जनप्रतिनिधी सरोज पोखरेल, अनिलराज धामी, तिनै क्षेत्रका वडाध्यक्षहरू, स्वास्थ्य चौकी प्रमुखसहित सबै जनसमुदायहरूले स्वास्थ्य सामाग्रीहरू उपलब्ध गराईदिनु भएकोमा युरोप क्षेत्रीय संयोजक तथा समाज सेवी सन्तोश भट्टराइ, गैरआवसीय नेपाली संघका पुर्व उपाध्यक्ष तथा सल्लाहकार टिबि कार्कि, एनसिस हकंङकी पुर्व अध्यक्ष तथा एनआरनका महिला सचिव टिका गुरूङप्रति आभार प्रकट गरे ।

त्यस्तै कार्यक्रममा क्षेत्रीय संयोजक सन्तोश भट्टराइ र सचिव टिका गुरूङले छोटो समयको वावजुद महत्वपू्र्ण सल्लाह, सुझाव सहित प्रतक्ष्य उपस्थितभई स्वाथ्य सामाग्री वितरण प्रकृयामा सहजीकरण गरिदीनुभएकोमा प्रदेश नं १ का पुर्व मुख्यमन्त्री माननीय भीम आचार्य, जनप्रतिनिधी सरोज पोखरेल, अनिलराज धामी, तिनै क्षेत्रका वडाध्यक्षहरू, स्वास्थ्य चौकीका प्रमुख सहित सबै जनसमुदायहरूमा आभार प्रकट गरेको छ ।

गैरआवसीय नेपाली संघका पुर्व उपाध्यक्ष तथा सल्लाहकार टिबि कार्किले विदेशमा रहेका सम्पूर्ण गैर आवसीय नेपालीको सहयोगी मनहरुबाट सेवा गर्ने अवसर पाएको बताए । विगतका दिनमा पनि विभिन्न क्षेत्रहरुमा सहयोग गर्दै आएको स्मरण गर्दै कार्कीले आगामी दिनमा अझबढि सहयोग गर्दै जाने प्रतिवद्धता व्यक्त गरे ।

वितरण कार्यक्रमा संयोजक सन्तोश भट्टराईले गैर आवसीय नेपालीको सहयोगमा नेपालको स्वास्थ्य क्षेत्रमा सहयोग गर्न पाउँदा आफु अति हर्षित भएको बताए । उनले आगामि दिनहरुमा सबै क्षेत्रमा अझबढी यस्ता सहयोगहरु गर्दै जाने प्रतिवद्धता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्