३० गते सार्वजनिक बिदा दिन निर्वाचन आयोगको आग्रह

काठमाडौं , बैशाख १५ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको दिन सार्वजनिक बिदा दिन सरकारसँग आग्रह गरेको छ ।

निर्वाचनको दिन वैशाख ३० गते सार्वजनिक बिदा दिन मुख्यसचिवमार्फत नेपाल सरकारसमक्ष आग्रह गर्ने निर्णय भएको निर्वाच आयोगका उपसचिव तथा सहायक प्रवक्ता सूयप्रसाद आर्यालले जानकारी दिए ।

यस्तै, बैशाख २८ गतेदेखि ३० गतेसम्मका लागि मतदान केन्द्र तथा मतदान स्थल रहेका विद्यालयमा विद्यार्थी उपस्थिति नगराउन तथा वैकल्पिक माध्यमबाट पठनपाठनको व्यवस्था मिलाउन पनि सरकारलाई आग्रह गर्ने निर्णय भएको अर्यालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्