ओलीलाई बालकोट गएर ट्युसन पढाउनै पर्ने भयो : गगन थापा

काठमाडौं, बैशाख १४ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई ट्युसन पढाउने बताएका छन् ।

स्थानीय तह निर्वाचनमा जिल्ला सम्पर्क समितिहरूको भूमिका विषय अन्तरक्रिया कार्यक्रममा बुधबार थापाले यस्तो बताएका हुन् ।

ओलीले नेपाली कांग्रेसले बनाएको घोषणापत्रमा आफ्नो आईडिया चोरेको आरोप लगाएपछि त्यसको जवाफ दिँदै थापाले समय मिलेपछि बालकोट नै पुगेर ट्युन पढाउने बताए ।

थापाले बालकोट नै पुगेर समृद्धि र समुन्नतिका विषयमा ट्युसन बढाउने बताउँदै अलिहे चुनावले दौडधुप रहेको र अलिकति भ्याएको बेलामा बालकोट नै पुगेर ओलीलाई ट्युन पढाउने उनको भनाइ रहेको थियो ।

उनले भने ‘मेरो आइडियो चोर्‍यो भन्नुभएको छ । मलाई पनि अहिले दौडधूप छ । उहाँलाई पनि चुनाव लागेर दौडधूप चलिरहेको छ । अलिकति भ्याएको बेलामा म बालकोटै गएर ट्युसन पढाउनेछु । एउटा विषयमा त पढाउनै पर्ने भएको छ,’ ।

साथै ओलीलाई लजिक नभई म्याजिक मन पर्ने पनि थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्