काठमाडौंका पसल, व्यवसाय २४ घण्टा नै खुला हुने व्यवस्था गर्छु : सिर्जना सिंह

काठमाडौं , बैशाख १४ । काठमाडौं महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले काठमाडौंका पसल, व्यवसाय २४ घण्टा नै खुला हुने व्यवस्था गर्ने बताएकी छन् ।

बुधबार नेपाल तरुण दलले आयोजना गरेको कार्यक्रममा उनले आफू निर्वाचित भए रातभर पनि व्यवसाय सञ्चालनको व्यवस्था गरेर काठमाडौंको बेरोजगारी घटाउने बताइन् ।

उनले महानगरपालिकाको सार्वजनिक स्थलमा सडक बत्ती र सीसीटीभी जडान गरेर रातिको समयमा हिँड्न पनि सुरक्षित बनाउने बताइन् ।

उम्मेदवार सिंहले सार्वजनिक स्थलमा निशुल्क खानेपानीको व्यवस्था गर्ने, सार्वजनिक शौचालयमा शुल्क नलाग्ने व्यवस्था गर्ने, नदीनाला सरसफाइ गर्ने र सम्पदा संरक्षण गर्ने पनि बताइन् ।

यता यसो भनीरहदा अहिले काठमाडौंको फोहोर व्यवस्थापन भने हुन सकेको छैन। यसतर्फ राज्यको ध्यान नगएको जस्तो यहाँ नागरिकले आभास गर्न थालेका छन् ।

चुनाव त आयो तर भएको सुन्दर ठाउँलाई पनि सफा बनाउन सकिएको देखिदैन् । यसमा पनि अबका उम्मेदवारहरले ध्यान दिन जरुरी छ ।

 

प्रतिक्रिया दिनुहोस्